भूमे गाउँपालिका चिनाउँदै ‘गुरिल्ला’

बिएल

माओवादी जनयुद्धको उर्बरभूमि रोल्पा–रुकुमको पर्यटन प्रवद्र्धन गर्न एक्सप्लोर गरिएको ‘गुरिल्ला पदमार्ग’को प्रवद्र्धनमा अहोरात्र खटिँदै आएका यात्रा लेखक सुरेन्द्र राना पर्यटनकर्मी माझ ‘गुरिल्ला’ उपनामले चिनिन्छन् । यिनै गुरिल्लाले रुकुम (पूर्व)को भूमे गाउँपालिकाको चिनारी गराउने फोटो बुक ‘भूमे दि पिक्टोरियल जर्नी’ पाठक माझ ल्याएका छन् ।

लेखक।

भूमे क्षेत्रमा बरोबर घुमेर त्यहाँका सुन्दर तस्बिर र आबश्यक जानकारी बटुलेर उनले पुस्तकमा ढालेका हुन् । यसका लागि उनले पछिल्लो चार वर्ष मेहेनत गरेका छन् । भूमे गाउँपालिकाले प्रकाशन गरेको १२८ पेजको रंगीन पुस्तकमा भूमेको प्रकृति, संस्कृति, जीवनशैली, इतिहास र गुरिल्ला पदमार्गको जानकारी छ । 

चेन्जिङ नेपालको सम्योजनमा प्रकासित पुस्तकमा लेखिएका सूचना अंग्रेजी र नेपाली दुबै भाषामा भएकाले स्वदेशी तथा विदेशीका लागि बुझ्न सजिलो हुन्छ । गाउँपालिकाको नेतृत्व सम्हालेका हिजोका माओवादी कमाण्डर रामसुर बुढा मगर भूमेलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्न लागि परेका छन् । ‘यो पुस्तक हाम्रो गाउँपालिका चियाउने कलात्मक आँखीझ्याल हो’, गाउँपालिकाका प्रमुख बुढा मगर  भन्छन्, ‘हामीले गाउँको प्रचार गर्न पुस्तकसँगै बृत्तचित्र पनि बनाएका छौं ।’

भूमेमा पर्यटनको प्रचुर संभावना छ । खासमा नेपाल सरकारले साबिकका गाविसहरू काँक्री, महत, चुनबाङ, मोरावाङ, काँडा र रुकुमकोट गाविसको वडा नं ४ लाई समेटेर भूमे गाउँपालिका बनाएको हो ।

अतुलनिय प्राकृतिक एवं सांस्कृतिक सम्पदाले भरिपूर्ण गाउँपालिकामा माओवादी जनयुद्धसँग सम्बन्धित थुप्रै सम्पदा छन् । त्यसले यसलाई जनयुद्ध अध्ययन केन्द्रका रुपमा विकास गर्न सकिन्छ । गाउँपालिकाले यस्ता सम्पदा स‌रक्षण गरेर पर्यटकीय प्राेडक्ट बनाउने काम गरिरहेकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिह श्रेष्ठ बताउँछन्। 

याे पनि पढ्नुहाेस।

नेपालको चर्चित ब्याण्ड ‘लेकाली’ स्थापनाको कहानी: ३४ वर्षपछि पलेंटीमा जुरेको संयोग (भिडियाे सहित )

भूमेमा माओवादी छापामारको तालिमस्थल, शहिद पार्क, शहिद मार्ग, छापामारले बनाएका पुल, जनबादी पुस्तकालय, जनयुद्ध स्मारक, चुनबाङ बैठकस्थल, भेरीडाँडा जनयुद्ध संग्रहालय, शहीद धनमाया पार्क लगायत सम्पदा छन् ।

गुरिल्लाको यस पुस्तकले पर्यटन विकासमा टेवा पुग्छ । अँग्रेजी र नेपाली दुबै भाषामा कलम चलाउँदै आएका गुरिल्ला वर्तमान समयका स्थापित ट्राभल राइटर हुन् ।

मुलुकभित्र घुमेर विभिन्न डिजिटल र प्रिन्ट मिडियामा पर्यटन सम्बन्धी फिचर तथा समाचार लेख्दै आएका उनबाट आगामी दिनमा पनि यस्तै पुस्तकहरूको आशा गर्न सकिन्छ ।

 

प्रकाशित मिति: : 2019-08-31 14:11:23

प्रतिकृया दिनुहोस्