दशैंको कुरामा भ्रममा नपारौ त ज्योतिषी महोदयहरु !

दशैंको कुरामा भ्रममा नपारौ त ज्योतिषी महोदयहरु ! लेखक आरके धमलाका साथ एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।
नेपालमा भन्दा अघिल्लै दिन दशैँ अमेरिकामा आउँछ भनेर एउटा सूचना फेसबुकतिर टाँगिएको छ । त्यो सूचनासँगै बहस सुरू भएको छ र त्यसमा अमेरिकामा अघिल्लै दिन दशै मनाउनुपर्छ भन्ने पक्षमा जुन किसिमको कुतर्क आएको छ, त्यसले एक किसिमको आतंक नै सिर्जना भएको छ । यो आतंक अरूबाट भन्दा पनि ज्योतिषीबाट सिर्जना भएको छ । त्यसलाई मलजल हाल्ने काम उनीहरूको अनुयायीबाट भएको छ ।
 
यो मेरो नोट अफ डिसेन्ट नै भयो ज्योतिषी महोदयहरू हो, म तपाईंहरूको ब्याख्यामा सैद्धान्तिक र ब्यबहारिक दुवै कारणले सहमत हुन सकिन । 
 
पहिले सैद्धान्तिक कुरा गरौ । हाम्रो ज्योतिषीशास्त्रमा अक्षांश र देशान्तर छ/छैन थाहा छैन । जहाँसम्म मलाई लाग्छ, हुनुपर्ने हो । हामीले अहिले चलाउने घडीको समय देशान्तरको डिग्रीबाट हुन्छ, यो ध्रुवसत्य  हो । यसका बारेमा ज्योतिषी महोदयहरू अनविज्ञ हुनुहुन्छ जस्तो मलाई लाग्दैन । 
 
अब तपाईंहरुको बिज्ञप्तिको विश्लेषण गरौ । हाम्रो तिथि भनेको चन्द्रमाको गतिमा आधारित हो, अनि चन्द्रमा पनि सूर्यजस्तै पूर्बबाट उदाएर पश्चिममा अस्ताउँछ । तपाईंहरुले अमेरिकामा अघिल्लै दिन दशैँ ल्याइदिनु भयो । नेपालबाट सबैभन्दा पश्चिममा पर्ने अमेरिकामा २४ घण्टा अगाडि नै दशैँ आयो, अनि नेपालबाट पश्चिममा पर्ने लन्डनमा पनि नेपालभन्दा अघि नै दशैँ आयो । नेपालभन्दा पूर्व पर्ने जापान र अस्ट्रेलियामा पनि अगाडि नै दशैँ आयो, हुँदाहुँदा भारतको नयाँदिल्ली जुन नेपालभन्दा पश्चिम देशान्तरमा छ- त्यहाँ पनि नेपालभन्दा अगाडि नै दशैँ आयो।
तपाईंहरुले अमेरिकामा अघिल्लै दिन दशैँ ल्याइदिनु भयो । नेपालबाट सबैभन्दा पश्चिममा पर्ने अमेरिकामा २४ घण्टा अगाडि नै दशैँ आयो, अनि नेपालबाट पश्चिममा पर्ने लन्डनमा पनि नेपालभन्दा अघि नै दशैँ आयो । नेपालभन्दा पूर्व पर्ने जापान र अस्ट्रेलियामा पनि अगाडि नै दशैँ आयो, हुँदाहुँदा भारतको नयाँदिल्ली जुन नेपालभन्दा पश्चिम देशान्तरमा छ- त्यहाँ पनि नेपालभन्दा अगाडि नै दशैँ आयो।
ए बाबा, भारत, अमेरिका, ब्रिटेन, जापान, अस्ट्रेलिया सबैतिर नेपालभन्दा अगाडि नै कसरी आयो दशैँ ? पूर्वको देशमा पनि नेपालभन्दा अगाडि नै आउने, छिमेकी भारतमा पनि अगाडि नै आउने अनि पश्चिमको देशमा पनि नेपालभन्दा अगाडि नै आउने ? मानौ चन्द्रमा पहिले अमेरिकाको आकाशमा आएछ, अनि जापान/अस्ट्रेलियाको आकाशमा पुगेछ, त्यसपछि भारतको नयाँदिल्लीको आकाशमा पुगेर कसरी फेरि फर्केर नेपालको आकाशमा गयो ? यो अर्को अचम्म भयो ? तपाईहरुको समय मानकमा जिरो डिग्री ग्रीनविच लाइन जस्तो चाहिँ कहाँ पर्यो ? जता फर्के पनि नेपालको भन्दा अगाडिकै समय?
 
अर्को ब्यबहारिक कुरा नि, हामी पहिलो पुस्ताका नेपालीको मूलघर बुबा-आमा मान्यजन नेपालमै हुनुहुन्छ । मूलघरमा बुबा-आमा र मान्यजानले टीका नउठाई अमेरिका भन्दैमा, अघिल्लै दिन टिका लाएर जगचाहिँ हसाइँदैन । अहिलेलाई यति नै, बाँकि समयले माग्यो भने फेरि कुरा गरौला । 
प्रकाशित मिति: : 2019-09-25 11:04:31

प्रतिकृया दिनुहोस्