काश्मिर विश्वविद्यालयमा ग्रिनेड हमला, ४ घाइते

Agency

काश्मिर विश्वविद्यालयमा अज्ञात समूहले ग्रिनेडद्धारा हमला गरेका छन्। जसमा ४ जना घाइते भएको भारतीय मिडियाले जानकारी गराएको छ। हमला मंगलबार दिउँसो भएको थियो।

घटनाको केही समयमै भारतीय सुरक्षाकर्मीले विश्वविद्यालय भएको ठाउँमा घेराबन्दी गरेको छ। घाइतेलाई नजिकको अस्पतालमा उपचारका लागि लगिएको छ। दुई जना गम्भीर घाइते भएको मिडियाले जानकारी दिएको छ।

सुरक्षाकर्मीले विश्वविद्यालय क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिँदै अनुसन्धान सुरु गरेको छ। विश्वविद्यालयको मुख्य द्धारमा रहेको सिसिटिभी क्यामराको खोजी भइरहेको छ। श्रोतका अनुसार ग्रिनेड हमला विश्वविद्यालयको कार पार्किङ क्षेत्रमा भएको थियो। बिस्फोटपछि विश्वविद्यालयको माहौल तनावग्रस्त भएको र विद्यार्थीहरू ज्यान बचाउन भागेको बताइएको छ।

प्रकाशित मिति: : 2019-11-26 14:34:09

प्रतिकृया दिनुहोस्