जम्मु–काश्मिरमा फेरि ग्रिनेड हमला, दुईको मृत्यु

Agency

जम्मु–काश्मिरको अनन्तनागको पञ्चायत घर हकुरामा मंगलबार ग्रिनेड आक्रमणमा दुई जनाले ज्यान गुमाएका छन्।

ग्रिनेड हमलामा वडा अध्यक्षसहित एक जनाको निधन भएको छ। मंगलबार दिउँसो काश्मिर विश्वविद्यालयमा पनि ग्रिनेड हमला भएको थियो। जसमा चार जना घाइते भएका थिए। हमलापछि काश्मिरको सुरक्षा व्यवस्था झन् कडा पारिएको छ। दुवै घटनामा प्रहरीले कसैलाई गिरफ्तार गरेको छैन।

प्रकाशित मिति: : 2019-11-26 17:31:27

प्रतिकृया दिनुहोस्