सुरू भयो दक्षिण एसियाको खेल मेला, भब्य उद्घाटन समारोह (तस्बिरहरूसहित)

तस्बिरः बिएल नेपाली सेवा

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार काठमाडौंको दशरथ रंगशालामा आयोजित भव्य समारोहबीच १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक रूपमा उद्घाटन गरेकी छन्।

उद्घाटन समारोहमा प्रतियोगितामा सहभागी सातवटै देशको मार्चपाससहित नेपालको कला, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

राष्ट्रपतिबाट प्रतियोगिता उद्घाटन भएको घोषणा भइरहँदा आतशबाजी र पटका पड्काएर समारोहलाई थप आकर्षक  र मनोरञ्जनात्मक बनाइएको थियो।

समारोहमा सात हजार ५ सयको जना कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालसहित सार्क राष्ट्रका मुलुकको नाम र नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति आकर्षक रूपमा बनाइएको थियो।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि  प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

पारस खड्का र दीपक थापाबाट शपथ

आजदेखि औपचारिक रूपमा सुरू भएको १३ औँ सागमा सम्पूर्ण खेलाडीका तर्फबाट नेपालका क्रिकेट खेलाडी पारस खड्का र रेफ्री तथा अफिसियलका तर्फबाट ब्याडमिण्टनका अन्तरराष्ट्रिय रेफ्री दीपक थापाले शपथ लिएका छन्।

खेल उद्घाटन समारोहमा मार्चपासमा नेपालको झण्डा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोकेका थिए।

समारोहमा नेपालका प्रथम ओलम्पियन जीतबहादुर केसीको नेतृत्वमा सातै प्रदेशमा साग ज्योति लगी आज दशरथ रङ्गशालामा ल्याइएको थियो । कार्यक्रममा मुकुन्दराज शर्माको शब्दमा रहेको साग गीत इन्दिरा जोशी र साथीहरुले गाएका थिए।

त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तर्फबाट नृत्य, नेपालका सातै प्रदेशका गीतनृत्य तथा सार्क मुलुकका छुटछुट्टै गीत ती मुलुककै भाषामा प्रस्तुत गरिएको थियो ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र, सात मुलुकका झण्डा तथा प्रतियोगितामा समाविष्ट २६ खेलको विद्युतीय प्रदर्शनी गरिएको थियो । लाखे र सागको मस्कट कृष्णसारको नृत्य तथा मयूर र याक नृत्यका साथै देवीदेवताका प्रतीक पनि  प्रस्तुत गरिएको थियो । समारोहमा बौद्ध भिक्षुहरुको सहभागिता गराई शान्तिको सन्देश पनि दिइएको थियो ।

नेपाल भ्रमण वर्ष २०२० मा २० लाख बाह्य पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूर्ति गर्न दशरथ रङ्गशालामा आयोजित क्षेत्रीय खेलकूद प्रतियोगिता सागको उद्घाटन समारोहमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल  र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कूटनीतिक अधिकारी र विदेशी खेलाडीका उपस्थितिमा नेपाल भ्रमणका लागि सबैलाई आह्वान गरे।

उपप्रधानमन्त्री  पोखरेलले नेपालको प्राकृतिक तथा सांस्कृतिक सौन्दर्य रसपान गरी आफ्ना मित्र र परिवारलाई नेपाल भ्रमण गराउन खेलाडीहरुलाई आग्रह गरे। उनले खेलकूदले सद्भाव र मित्रता बढाउने बताउँदै भने,  “यो खेलकूद प्रतियोगिता प्रतिस्पर्धा र पदक मात्र होइन, सार्क मुलुकबीचको  एकता र मित्रता पनि हो।”

खेलकूदमन्त्री विश्वकर्माले नेपाल हवाई, हिउँ, जल आदिका कारणले खेलकूद केन्द्र बन्न सक्ने बताउँदै सागले पर्यटन विकासमा भूमिका खेल्ने विश्वास व्यक्त गरे।

राखेपका सदस्य सचिव सिलवालले नेपाल भ्रमण वर्षमा आउनुभएका खेलाडी र अन्य पदाधिकारीलाई नेपालको सौन्दर्य अवलोकन गरी फर्कन आह्वान गरे। उनले शान्ति, समृद्धि र मित्रता सागको आदर्श भएको पनि उल्लेख गरे।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद श्रेष्ठले  मिनी ओलम्पिक साग दक्षिण एशियाकै गर्व भएको बताए। सगरमाथा र गौतम बुद्धको देश नेपालमा भ्रमण गराउन खेलाडीका आफन्तहरुलाई उनले आग्रह गरे।

यसरी सरकारले  भ्रमण वर्षको रणनीतिक तयारी योजनासँग जोडेर यस पटकको सागको तयारी गरेको छ  । काठमाडौँ, पोखरा र जनकपुर पुग्ने पाहुनालाई सो स्थानका सांस्कृतिक सम्पदा, रहनसहन, वेशभूषा, भाषा र संस्कृतिबारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । भ्रमण वर्षको पूर्वसन्ध्यामा भएको यस्तो कार्यक्रमले भ्रमण वर्ष २०२० वर्षलाई सफल तुल्याउन महत्वपूर्ण आधार तयार गर्ने मन्त्री विश्वकर्माको भनाइ छ । काठमाडौं, पोखरा र जनकपुरका २९ स्थानमा यही मङ्सिर १५ देखि २४ गतेसम्म सञ्चालन हुने तेह्रौँ सागमा नेपालका ५८४ सहित अफगानिस्तानबाहेक सार्कका सात राष्ट्रबाट करीब तीन हजार खेलाडीको सहभागिता छ।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2019-12-01 23:33:00

प्रतिकृया दिनुहोस्