रोहित अस्ट्रेलियाविरूद्ध अर्को कीर्तिमान नजिक

तस्वीरः एजेन्सी

भारतीय उपकप्तान रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्ध सतकीय इनिङ खेल्दै यसपालिको विश्व कपमा आफू फर्ममा रहेको आभाष दिलाइसकेका छन्। अस्ट्रेलियाविरूद्ध आइतबार हुने दोस्रो खेलमा रोहितका लागि अर्को अवसर पनि छ। उनी अस्ट्रेलियाविरूद्ध एकदिवसीयमा २ हजार रन पुरा गर्ने कीर्तिमानको नजिक छन्। अस्ट्रेलियाविरूद्ध यसअघि भारतकै पूर्व ब्याट्सम्यान सचिन तेन्दुलकर, वेष्ट इन्डिजका भिभियन रिचर्डस र डेसमन्ड हेन्सले २ हजार रन पुरा गरेका थिए।

सचिन, भिभियन र डेसमन्डसँगै २ हजारको एलिट क्लबमा समावेश हुन रोहितलाई २० रन मात्र आवश्यक छ। उनले आजको खेलमा २ हजार रन पुरा गरेको खण्डमा उनी तीब्र गतिमा यो उपलब्धी चुम्ने ब्याट्सम्यान बन्ने छन्।

सचिनले ५१ इनिङ, डेसमन्डले ५९ र भिभियनले ४५ इनिङमा यो उपलब्धी प्राप्त गरेका थिए। रोहित ३७ इनिङमा यो उपलब्धी पुरा गर्ने अभियान नजिक छन्।
वर्तमान अवस्थामा रोहित अस्ट्रेलियाविरूद्ध रन बनाउने सन्दर्भमा दोस्रो नम्बरमा छन्। उनी सतक बनाउने सन्दर्भमा तेस्रो नम्बरमा पर्छन्। सचिनले (९), विराट कोहली (८) र रोहितले (७) सतक बनाएका छन्।

प्रकाशित मिति: : 2019-06-09 11:54:14

प्रतिकृया दिनुहोस्