इमरान ताहिरको नाममा विश्व कपको कीर्तिमान

तस्वीरः एजेन्सी

दक्षिण अफ्रिकाका भेट्रान अफ स्पिनर इमरान ताहिरले विश्व कप क्रिकेटमा एउटा कीर्तिमान आफ्नो नाममा दर्ता गराएका छन्। उनी विश्व कपको एकै इनिङमा सबैभन्दा बढी ४ विकेट लिने बलर बन्न पुगेका छन्।

शनिबार राती अफगानिस्तानविरूद्ध ९ विकेटले विजयी खेलमा प्रोटियाजका यी भेट्रान बलरले ४ विकेट लिएका थिए। उनले विश्व कपमा ४ विकेट लिने कीर्तिमान ५ पल्ट बनाएका छन्।

यसअघि अस्ट्रेलियाका मिशेल स्टार्क र शेन वार्न, श्रीलंकाका मुथैया मुरलीधरन र पाकिस्तानका साहिद आफ्रिदीले विश्व कपमा ४ विकेट लिने अवसर ४ पल्ट प्राप्त गरेका थिए। स्टार्क हाल अस्ट्रेलियाको टोलीमा समावेश छन्।

ताहिरले विश्व कपको १८ खेलमा ५ पल्ट ४ विकेट लिने कीर्तिमान बनाएका हुन्। स्टार्कको नाममा १३ खेलमा ४ विकेट ४ पल्ट लिने कीर्तिमान छ।

प्रकाशित मिति: : 2019-06-16 10:15:08

प्रतिकृया दिनुहोस्