विराट कोहलीको ११ हजार रन पुरा, अर्को कीर्तिमान

तस्वीरः एजेन्सी

भारतीय कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ११ हजार रन पुरा गर्ने कीर्तिमान बनाएका छन्।

विश्व कपअन्तर्गत पाकिस्तानविरूद्ध आइतबार ब्याटिङ गर्ने क्रममा हसन अलीको बललाई फाइन लेगमा चौका प्रहार गरेपछि उनको ११ हजार रन पुरा भएको हो। उनी ११ हजार रन पुरा गर्न ५७ रनले पछि थिए।

उनले ५४ इनिङ कम खेल्दै ११ हजार रन पुरा गरेका हुन्। एकदिवसीयमा २ सय २२ इनिङमा विराटले ११ हजार रन पुरा गरेका हुन्।

प्रकाशित मिति: : 2019-06-16 18:54:06

प्रतिकृया दिनुहोस्