भुवनेश्वर मैदानबाट बाहिर

तस्वीरः एजेन्सी

भारतका प्रारम्भिक बलर भुवनेश्वर कुमार ‘ह्यामिस्ट्रिङ’ समस्याका कारण बाहिरिएका छन्। पाकिस्तानविरूद्ध २ दशमलव ४ ओभर बलिङ गर्ने क्रममा उनी ‘ह्यामिस्ट्रिङ’ को समस्याबाट जुध्न पुगेका थिए।

उनको बाँकी बल विजय शंकरले पुरा गरेका थिए। विजयको बलमा इमाम उल हक ७ रन बनाएर एलबिडब्लुको शिकार भएका थिए।

ओल्ड ट्राफोडमा भारतविरूद्ध भइरहेको खेलमा पाकिस्तानले जितका लागि ३ सय ३७ रनको लक्ष्य पाएको छ। भुवनेश्वरले आफ्नो स्पेलमा ८ रन खर्चेका थिए।

प्रकाशित मिति: : 2019-06-16 22:22:04

प्रतिकृया दिनुहोस्