इंग्ल्यान्डको रवाफिलो जित, १५० रनले अफगानिस्तान पराजित

Agency

कप्तान इयोन मोर्गनको बिस्फोटक ब्याटिङको अगाडि घुँडा टेकेको अफगानिस्तान १ सय ५० रनले इंग्ल्यान्डसँग पराजित भएको छ। जितसँगै इंग्ल्यान्ड ५ मध्ये ४ खेल जितेर ८ अंकका साथ तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अफगानिस्तानले खाता खोल्न सकेको छैन।

मोर्गनले एकदिवसीय क्रिकेटको एउटै इनिङमा १७ छक्का हान्ने विश्व कीर्तिमान बनाएपछि इंग्ल्यान्डले पहिलो ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा ३ सय ९७ योगफल बनाएको थियो।
प्रत्युत्तरमा अफगानिस्तान ७ विकेटको क्षतिमा २ सय ४७ रनमा खुम्चियो।

दुवै टोलीले विश्व कपमा सर्वाधिक योगफल बनाएका हुन्।

इंग्ल्यान्डको जितमा कप्तान मोर्गनले ७१ बलमा १७ छक्काको सहयोगले १ सय ४८ रन बनाए। यसपालिको विश्व कपमा मोर्गनले बनाएको रन कुनै पनि ब्याट्सम्यानभन्दा उच्च हो।
उनले ५५ बलमा ११ छक्काको सहयोगले शतक पुरा गरेका थिए। विश्व कप इतिहासमा उनी कम बलमा शतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन्।

मोर्गन अगाडि प्रारम्भिक ब्याट्सम्यान जोनी बेयरस्टोले ९० रन बनाएका थिए। उनले ३ छक्का प्रहार गरेका थिए। अर्का ब्याट्सम्यान जोए रुटले ८८ रन बनाए। मोइन अलीले पुछारमा अविजित रहँदै ३१ रन बनाए।

निकै आशा गरिएका अफगानी स्पिनर राशिद अलीले ११ छक्का खाएका थिए। उनले विश्व कपमा सर्वाधिक खराब बलिङ गर्ने क्रममा ९ ओभरमा १ सय १० रन खर्चेका थिए। उनको बलिङमा मोर्गनले ७ छक्का प्रहार गरेका थिए। दौलत जार्डन र गुलबदिन नइबले ३–३ विकेट लिए।

अफगानिस्तानका लागि हसमतुल्लाह साइदी ७६, रहमत शाह ४६,अश्कर अफगान ४४, कप्तान गुलबदिन नइब ३७ र नजिबुल्लाह जार्डनले १५ रन बनाएका थिए।
जोफ्रा आर्चर र आदिल रसिदले ३–३ विकेट लिएका थिए। मार्क उडले २ विकेट लिए। ‘म्यान अफ दि म्याच’ मोर्गनलाई घोषित गरियो।

प्रकाशित मिति: : 2019-06-18 23:18:49

प्रतिकृया दिनुहोस्