अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले विश्व कप इतिहासकै सबैभन्दा खराब बलिङ गरेका छन्।
इंग्ल्यान्डविरूद्ध मंगलबार सम्पन्न खेलमा राशिदले ९ ओभरमा १ सय १० रन खर्चेका थिए, जुन विश्व कपमा कुनै पनि बलरले गरेको सबैभन्दा खराब प्रदर्शन हो।
यसअघि न्युजिल्यान्डका मार्टिन स्नेडनले विश्व कपमा सबैभन्दा खराब बलिङ गरेका थिए। स्नेडनले सन् १९८३ को विश्व कपमा १२ ओभर बलिङ गरेर १ सय ५ रन खर्चेका थिए। सन् १९८३ को विश्व कपमा एकजना बलरले १२ ओभरसम्म बलिङ गर्न पाउथ्यो।
स्नेडनको खराब प्रदर्शन पनि इंग्ल्यान्डविरूद्ध नै थियो।
राशिदले एकदिवसीय क्रिकेटमा पनि सबैभन्दा बढी छक्का खाने खराब कीर्तिमान बनाएका छन्। उनले ११ छक्का खाएका थिए। ओल्ड ट्राफोड मैदानमा उनको ओभरमा इंग्लिस कप्तानले ७ छक्का प्रहार गरेका थिए।