अस्ट्रेलियाका प्रारम्भिक बिस्फोटक ब्याट्सम्यान डेभिड वार्नरको नाममा विश्व कपमा नयाँ कीर्तिमान बनेको छ।
बंगलादेशविरूद्ध विहिबार भएको खेलमा १ सय ६६ रनको सतकीय इनिङ खेलेका वार्नरले विश्व कपमा दुई पल्ट १ सय ५० भन्दा माथिको स्कोर बनाउने कीर्तिमान रचे।
विश्व कपमा एउटै ब्याट्सम्यानले १ सय ५० माथिको स्कोर दोहोर्याएका छैनन्। वार्नरले विहिबार १ सय ४७ बलमा १४ चौका र ५ छक्काको सहयोगले १ सय ६६ रन बनाएका थिए।
वार्नरले सन् २०१५ को विश्व कपमा पर्थमा अफगानिस्तानविरूद्ध १ सय ७८ रन बनाएका थिए। वार्नरले ६ भिन्न देशविरूद्ध १ सय ५० भन्दा बढी रन पनि बनाएका हुन्। उनले पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र न्युल्यिान्डविरूद्ध १ सय ५० बढी रन बनाएका छन्।
एकदिवसीयमा सबैभन्दा बढी १ सय ५० माथि रन बनाउने इतिहास भारतका रोहित शर्माको नाममा छ। उनले ७ पल्ट १ सय ५० भन्दा बढी रन बनाएका छन्।