श्रीलंकाले आयोजक इंग्ल्यान्ड अगाडि २ सय ३३ रनको फितलो जितको लक्ष्य राखेको छ। टस जितेर पहिलो ब्याटिङ गर्न उत्रिएको श्रीलंकाले ९ विकेटको क्षतिमा २ सय ३२ रन मात्र बनायो।
श्रीलंकाको प्रारम्भिक जोडी पूर्णरुपले फ्लप भएको दिन इंग्ल्यान्डका लागि जेफ्रा आर्चर र मार्क उडले ३–३ विकेट लिए। आदिल रसिदले २ विकेट लिए। क्रिस ओक्सको नाममा एक विकेट रहयो।
३ रनको योगफलमै कप्तान करुणारत्ने र परेराको प्रारम्भिक जोडीलाई गुमाएको श्रीलंकाका लागि पूर्व कप्तान एन्जेलो म्याथ्युजले अविजित ८५ रन बनाउँदै इज्जत जोगाएका थिए। म्याथ्युजअगाडि अभिषका फर्नान्डोले ४९ र कुसल मेन्डिसले ४८ रन बनाएका थिए।
तल्लो क्रममा धनन्जय डि सिल्भाले २९ रन बनाए।