धोनी बने भारतबाट सर्वाधिक छक्का हान्ने ब्याट्सम्यान

Agency

वेष्ट इन्डिजविरूद्ध पहिलो छक्का लगाउँदै महेन्द्रसिंह धोनीले आफ्नै समकक्षी रोहित शर्माको एउटा कीर्तिमान भंग गरेका छन्।

धोनीले ओशेन थोमसको बलमा मिड विकेटमा पहिलो छक्का प्रहार गरेका थिए। यो छक्कासँगै एकदिवसीयमा सर्वाधिक छक्का हान्ने भारतीय ब्याट्सम्यानको कीर्तिमानलाई आफ्नो नाममा ल्याउन सफल भएका छन्।

यो कीर्तिमान यसअघि रोहित शर्माको नाममा थियो। रोहितले २ सय २५ छक्का हानेका छन्। वेष्ट इन्डिजविरूद्ध २ छक्का हानेका धोनीको एकदिवसीयमा २ सय २७ छक्का पुरा भएको छ।

एकदिवसीयमा सर्वाधिक छक्का हान्ने कीर्तिमान पाकिस्तानका साहिद अफ्रिदीको नाममा छ।

उनले ३ सय ५१ छक्का हानेका थिए।

 

प्रकाशित मिति: : 2019-06-27 23:09:57

प्रतिकृया दिनुहोस्