रोमाञ्चक खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो पाकिस्तानले

Agency

अफगानिस्तानलाई रोमाञ्चक खेलमा ३ विकेटले पराजित गर्दै पाकिस्तानले विश्व कपको सेमिफाइनल समिकरणलाई जिवित राखेको छ।

अफगानिस्तानले पहिलो इनिङमा बनाएको २ सय २७ रनको लक्ष्यलाई पाकिस्तानले ४९ दशमलव ४ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो।

पाकिस्तानका लागि महत्वपूर्ण समयमा बहाव रियाज र इमाद वासिमले उत्कृष्ट साझेदारी गर्दै २ बल खेल्न बाँकी रहँदै खेल जिताए।

अफगानिस्तानको यो आठौ पराजय थियो। पाकिस्तानले ७ औं खेलमा ९ अंक बटुल्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।

पुछारमा अविजित ४९ रन बनाएका इमाद ‘म्यान अफ दि म्याच’ घोषित भए। उनले २ विकेट पनि लिएका थिए।

अफगानिस्तानले पहिलो ब्याटिङ गर्ने क्रममा असगर अफगानको ४२ रनको सहयोगले ९ विकेटको क्षतिमा २ सय २७ रन बनाउन सफल भएको थियो। अफगानिस्ताका लागि रहमद शाहीले ३५, इक्राम अलिखिलले २४, नजिबुल्लाह जारदनले ४२ रन बनाएका थिए।

पाकिस्तानका लागि साइन अफ्रिदीले ४ विकेट लिएका थिए।

सुरुमै स्पिनरको भूमिकामा बलिङ गर्न उत्रिएका इमाद वासिमले २ विकेट लिएका थिए। बहाव रियाजले २ विकेट लिए।

पाकिस्तानका लागि बाबर आजमले ४६, इमाम–उल हकले ३६, हारिस सोहेलले २७ रन बनाएका थिए।

बहाव रियाजले अविजित रहँदै १५ रन बनाए। अफगानिस्तानका तर्फबाट मोहम्मद नबी र मुजिब उर रहमानले २–२ विकेट लिए। राशिद खानले १ विकेट लिए।

 

प्रकाशित मिति: : 2019-06-29 23:14:14

प्रतिकृया दिनुहोस्