विकेटकिपर तथा ब्याट्सम्यान दिनेश कार्तिकले पहिलो पल्ट तपस्याको फल प्राप्त गरेका छन्।
सन् २००७ मा २१ वर्षको उमेरमा भारतीय विश्व कप टिमको सदस्य रहेका कार्तिकले अहिलेसम्म विश्व कपको एउटा पनि खेल खेल्न पाएका थिएनन्।
तर, मंगलबार बर्मिङ्घमको एजबस्टनमा बंगलादेशविरूद्ध हुने राउन्ड रोबिनको आठौं खेलमा उनलाई पहिलो पल्ट मौका दिइएको छ।
आज भारतीय टिममा ४ जना विकेटकिपर ब्याट्सम्यान समावेश छन्। पूर्व कप्तान महेन्द्रसिंह धोनी टिमको नियमित सदस्य हुन्। ऋषभ पन्तलाई इंग्ल्यान्डविरूद्ध पहिलो पल्ट मौका दिइएको थियो। केएल राहुल सुरुदेखि नै खेलिरहेका छन्।
कार्तिकले २००४ मै एकदिवसीयमा डेब्यु गरेका थिए। उनले ९१ एकदिवसीय खेलेका छन्। उनले टेस्टमा बंगलादेशविरूद्ध डेब्यु सतक हिर्काएका थिए। उनलाई केदार जाधवको स्थानमा मौका दिइएको हो।