२३ वर्षपछि विश्व कप क्रिकेटमा नयाँ विजेता

Agency


फुटबलपछि सबैभन्दा लोकप्रिय मानिने क्रिकेटले २३ वर्षपछि नयाँ विजेता पाउने भएको छ।

विश्व कपको दोस्रो सेमिफाइनलमा पाँच पल्टको च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटले इंग्ल्यान्डले पराजित गरेपछि यो सम्भव भएको हो।

यसअघि पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले दुई पल्टको च्याम्पियन भारतलाई १८ रनले पराजित गरेको थियो।

विहिबारको खेलमा अस्ट्रेलियाले राखेको २ सय २४ रनको लक्ष्यलाई २ विकेट गुमाएर ३२ दशमलव १ ओभरमा इंग्ल्यान्डले पुरा गर्यो।

सन् १९९६ को विश्व कप श्रीलंकाले जितेयता कुनै पनि नयाँ टिमले विश्व कप जित्न सकेको छैन। यसबीचमा अस्ट्रेलिया ४ पल्ट विजेता बनिसकेको छ। भारतले २०११ को विश्व कप दोहोर्याएर जितेको थियो।

यसपालि पहिलो र दोस्रो नम्बरमा छनोट भएको भारत र अस्ट्रेलिया दुबै सेमिफाइनलबाट बाहिरिएका छन्।

क्रिकेट खेल इंग्ल्यान्डबाट सुरु भएपनि उसले अहिलेसम्म विश्व कप उपाधि जितेको छैन। यस्तै, गत विश्व कपको फाइनलमा पुगेर न्युजिल्यान्ड अस्ट्रेलियासँग पराजित भएको थियो।

यसअघि विश्व कपको ११ वटा संस्करणमा अस्ट्रेलिया ५ पल्ट विजेता बनेको छ। भारत र वेष्ट इन्डिजले २–२ पल्ट विश्व कप जितेका छन्। पाकिस्तान र श्रीलंका १–१ पल्ट विजेता बनेका छन्। फाइनल खेल अाइतबार हुनेछ। 

प्रकाशित मिति: : 2019-07-11 22:37:16

प्रतिकृया दिनुहोस्