प्रधानमन्त्री ओलीलाई अझै एक हप्ता अस्पतालमै राखिने,संक्रमण हुने डर कायमै

फाइल तस्बिर: बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै कम्तीमा एक हप्ता अस्पतालमै राखिने भएको छ।

स्वास्थ्यमा क्रमिक सुधार भए पनि संक्रमण हुने डर भएकाले अझै कम्तिमा एक हप्ता अस्पतालको सघन उपचार कक्ष अर्थात आईसीयूमै राखेर उपचार गरिने उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

डाक्टरहरुकाअनुसार अहिले प्रधानमन्त्री ओलीलाई थोरै तरल पदार्थ खुवाउन र थोरै हिँडडुल गराउन थालिएको छ।

ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहका अनुसार उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्नका लागि अस्पतालले सबै उपायहरू अपनाएको छ।

उनले ओलीको मिर्गौला प्रत्यारोपण गरिएको १२ वर्ष भएको र अहिले "मिर्गौलाको काममा अलिकता ह्रास आउन थालेको" तथा बीचमा भ्रमण र सङ्क्रमणका कारण डायालिसिस चाहिएको बताइन्।

अपेन्डिसाइटिस हुनुअघि उनको काठमाडौंमा कम्तीमा चार पटक डायालिसिस गरिएको थियो। त्यसअघि सिङ्गापुरमा प्लाज्माफेरेसिस विधिद्वारा उनको शरीरमा उत्पन्न एन्टीबडी फालेर उपचार गरिएको थियो।

चिकित्सकहरूका अनुसार पेटको शल्यक्रियापछि मङ्गलवार राति उनको मिर्गौलाको उपचारका लागि एक चोटि अल्ट्राफिल्ट्रेशन र बुधवार एक चोटि डायालिसिस गरि‍यो।

उनका अनुसार शल्यक्रिया गरिएको बिरामीमा आन्तरिक रक्तस्राव हुने सम्भावना भएकाले कुनै जटिलता नहोस् भनेर प्रधानमन्त्रीलाई रगतमा हुने प्लेट्लट दिइएको छ।

डा. शाहले प्रधानमन्त्री ओलीको उपचार गर्दा जुन बेला जे आवश्यक पर्छ चिकित्सकहरूले त्यो गर्ने बताइन्।

प्रकाशित मिति: : 2019-11-30 10:00:13

प्रतिकृया दिनुहोस्