उपनिर्वाचनमा भाेट हाल्न लाइनमा भट्टराई

बिएल

कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले लाइन बसेकी छन्। उपनिर्वाचनको लागि मतदान गर्न मतदान केन्द्र पुगेकी भट्टराइले लाइनमा बसेर हुन्।

कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत पोखरा महानगरपालिका–३३ स्थित शान्ति उदय माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदानको लागि लाइनमा बसेकी हुन्।

यस क्षेत्रमा ३२ मतदानस्थलका ८२ मतदान केन्द्रमा निर्धारित समयमै मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिए। प्रायः सबै मतदान केन्द्रमा मतदाता बिहानैदेखि मतदान गर्न लामबद्ध भएका छन्।

कास्की क्षेत्र नं २ मा पोखरा महानगरपालिका अन्तर्गतका ११ वडा पर्छन्। यस क्षेत्रमा ७१ हजार ८७१ मतदाता छन्। यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि आज प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचनअन्तर्गत मतदान भइरहेको हो।

 २ केन्द्रमा बम बिस्फोट
उपनिर्वाचनको मतदान भइरहेका बेला पोखराका २ मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। पोखरा महानगरपालिका–९ मा रहेको नभ प्रभात मावि मतदान केन्द्रमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको हो।

यसअघि शनिबार बिहान करिब पौने ८ बजेतिर पोखरा महानपाकै वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै पनि बम विस्फोट गराइएको थियो।

सो बम मतदान केन्द्रभन्दा केही टाढा विष्फोट गराइएको र मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विस्फोटपछि केही बेरका लागि मतदान स्थगित समेत गरिएको थियो।

सो विस्फोटपछि कास्कीमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ। साथै निर्धक्क भएर मतदान गर्न प्रहरीले अपिल गरेको छ।

प्रकाशित मिति: : 2019-11-30 10:17:29

प्रतिकृया दिनुहोस्