तीनै तहका मतदान सम्पन्न, मत गणना आजैदेखि

बिएल

तीनै तहका ५२ पदका लागि विभिन्न स्थानमा भएको मतदान सकिएको छ। मतदान गर्ने अवधि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो।

निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले ६७ प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिएका छन्। केही स्थानमा सामान्य घटना हुनुबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको थियो।

निर्वाचन भएका स्थानको मतपेटिका संकलन गरेर राजनीतिक दलहरुबीच सहमति गरी आजै बेलुकादेखि मतगणना सुरु गरिने अर्यालले जानकारी दिए।

प्रकाशित मिति: : 2019-11-30 17:55:45

प्रतिकृया दिनुहोस्