सल्यानको कुमाखमा नेकपाका बुढाथोकी विजयी

फाइल तस्बिर: बिएल

कुमाख गाउँपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का धर्मे बुढाथोकी निर्वाचित भएका छन्।

जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार बुढाथोकीले ७ सय ९२ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर बोहराले २५१ मत प्राप्त गरे।

सो वडामा राप्रपाका गोपाल शाहले २१ मत ल्याएका छन्। ६० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

कुल १ हजार ८ सय ३९ मतदाता सो वडामा १ हजार १ सय २४ जनाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी हरिबहादुर बुढाथोकीले जानकारी दिए।

तत्कालीन वडा अध्यक्ष हरिप्रकाश बुढाथोकी जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली भएकाले उपनिर्वाचन भएको हो।

प्रकाशित मिति: : 2019-11-30 20:44:48

प्रतिकृया दिनुहोस्