ब्रेक्जिट: 'आठ वटै विकल्प' अल्पमतमा

फोटो: यूके संसद

ईयूको भन्सारका विषयमा थप वार्ता गर्ने र संसदले पारित गर्ने जुनकुनै सम्झौतालाई जनमत सङ्ग्र्रहबाट पारित गर्नुपर्ने प्रस्तावमा भने धेरै सांसादहरु एक भएका थिए। सांसदहरूको मनसाय बुझ्ने उद्देश्यका साथ भएको उक्त मतदानको नतिजा बाध्यकारी नभए पनि त्यसले अगाडिको जटिल बाटो भने स्पष्टसँग चित्रण गरेको छ।

प्रस्तावित ८ विकल्पमा एप्रिल १२ तारिखमा सम्झौता बिना नै ईयू छाड्नेदेखि लिएर दोस्रो जनमत सङ्ग्र्रह गर्ने बिषयसम्मका थिए। मार्च २९ मा सम्झौता बिना नै बहिर्गमन गर्ने भएपनि यसलाई मे २२ वा अप्रिल १२ सम्म सार्नुपर्ने भन्ने प्रस्तावको पक्षमा ४ सय ४१ मत परेको थियो।

कतिपयले बहुमत नजिक रहेका केही विकल्पलाई पुनः मतदानमा लैजानुपर्ने बताएका छन्। धेरै सांसदहरुले भने दोस्रो आमनिर्वाचनमा जाने र त्यसले स्थापित गर्ने संसदले मात्र यो गतिरोधको अन्त्य गर्न सक्छ भन्ने भनेका थिए।

कुनै विकल्प नभेटिँदासमेत बेलायतले १२ एप्रिलमा बिना सम्झौता ईयू छाड्न सक्छ। तर अहिलेलाई त्यसको सम्भावना समेत कम देखिएको छ किनकी उपलब्ध थुप्रै विकल्पमा सांसदहरू नै दोधारको अवस्थामा देखिएका छन्।

मतदान अघि प्रधानमन्त्री मेले आफूले तयार पारेको सम्झौता पारित गरिए ईयूसँगको भावी सम्बन्धबारे हुने वार्ताका लागि नयाँ नेतृत्वलाई पद छाड्ने बताएकी थिइन। प्रधानमन्त्री मेले पद छाडिन भने कसले नयाँ नेतृत्व पाउने भन्ने प्रष्ट छैन।

आफ्नो सम्झौता प्रस्ताव दोस्रोपटक अस्वीकृत भएपछि प्रधानमन्त्री मेले ईयूसँग थप समय माग्दै ‘त्यो लम्बिने अवस्थाका लागि आफू नेतृत्वका लागि तयार नभएको’ बताएकी थिइन। बेलायतले ब्रेक्जिटका लागि आउँदो मे २२ सम्मको समय पाएको छ।

 

प्रकाशित मिति: : 2019-03-28 20:32:55

प्रतिकृया दिनुहोस्