बेलायती प्रधानमन्त्रीको ब्रेक्जिट प्रस्ताव तेस्रोपटक असफल: विपक्षीले मागे राजिनामा

तस्वीर: सिटिजन

बेलायतकी प्रधानमन्त्री टरिजा मे ब्रेक्जिट प्रक्रियामा तेस्रोपटक पनि फेल भएपछि उनलाई राजीनामा दिन दबाब बढेको छ। विपक्षी लेबर पार्टीका नेता जेरेमी कोर्बिनले प्रधानमन्त्री मेको राजीनामा दिएर तत्काल चुनाव गराउन माग गरेका छन्।

शुक्रबार ब्रेक्जिट सम्झौताका बारेमा संसद्‍मा प्रधानमन्त्री मेले प्रस्तुत गरेको प्रस्तावको विपक्षमा तीन सय ४४ र पक्षमा २८६ मत मात्र परेको थियो।

यो प्रयास असफल भएपछि ब्रेक्जिट प्रक्रियालाई २२ मेसम्म लम्ब्याउने उनको प्रयासमा ठुलो धक्का पुगेको छ।

आफ्नो प्रस्ताव असफल भएपछि उनले भनिन्- अब बेलायत १२ अप्रिलमा युरोपेली संघबाट बाहिरिनै पर्ने हुन्छ। यो हाम्रो लागि निक्कै खतराजनक छ।

उता, यूरोपेली परिषद्‍का अध्यक्ष डोनल्ड टुस्कले ब्रेजिक्टका बारेमा नयाँ परिस्थिति सिर्जना भएकाले १० अप्रिलमा युरोपेली परिषद्को बैठक बोलाएका छन् ।

प्रकाशित मिति: : 2019-03-30 07:02:04

प्रतिकृया दिनुहोस्