साउदी अरबलाई हतियार बेच्ने डेनिश पेन्सन कम्पनीको निर्णय विवादमा

डेनमार्कका निजी क्षेत्रका धनी पेन्सन कम्पनीले साउदी अरबलाई हतियार उपलब्ध गराउन गरेको लगानीको चारैतिर विरोध भएको छ।

यसैक्रममा एम्नेष्टी इन्टरनेशनलले यमनमा निहत्था नागरिकको हत्या गरेको युद्ध अपराधको आरोपी र पत्रकार जमाल खसोग्जीको बर्बरतापूर्वक हत्या गर्ने साउदी सरकारलाई हतियार उपलब्ध गराएर युद्ध अपराधलाई प्रश्रय दिएको आरोप लगाएको छ।एम्नेष्टी इन्टरनेशनलका महासचिव ट्रिने क्रिष्टेन्शनको भनाइ छ- 'संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय हतियार अनुबन्धन सम्झौताको सोझो खिलाफ र युरोपेली युनियनको नीति विरोधी डेनिश कम्पनीको निर्णय खेदजनक छ। यमनका निहत्था मानिसको हत्यामा डेनिशको पनि सहभागिता हुनेभो भनेर कालो इतिहास लेखिने भयो।हामी यसको खिलाफमा छौँ।' 

साउदी अरबलाई हतियार उपलब्ध गराउने प्रमुख देशमध्ये डेनमार्क एक हो।डेनिश संसद फल्केटिँगमा पत्रकार खसोग्जी मारिएको र यमन हमलाको विरोध भएपछि गतवर्ष डेनिश सरकारले साउदीलाई हतियार नबेच्ने निर्णय गरेको थियो ।

अहिले टपड्यानमार्क र लायगर्नसजस्ता निजी क्षेत्रका धनाढ्य पेन्सन कम्पनीले ६५७ बिलियन क्रोनर हतियार उत्पादन र बिक्रीमा लगानी गरेका छन्।

युलान पोष्टन दैनिकजस्ता चर्चित डेनिस पत्रिकाले यो लगानीको विरोध गरेका छन्।

प्रकाशित मिति: : 2019-04-04 01:48:37

प्रतिकृया दिनुहोस्