महरा र मुख्यमन्त्री पोखरेलकै वडामा अस्तायो सूर्य

महरा र पोखरेल : कहिले माला गलाभरि, कहिलै रित्तै । फाइल तस्बिर

सत्तारूढ नेकपामा प्रभावशाली नेता तथा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा कांग्रेस उम्मेद्वार विजयी भएका छन् ।  यसअघि एक्लै एमालेका उम्मेद्वार विजयी भएको दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा यसपटक कांग्रेसले एकीकृत नेकपाका उम्मेद्वार नै पराजित गरेको हो । यो वडा सत्तारूढ नेकपाबाट सभामुख भएका निवर्तमान सभामुख कृष्णबहादुर महराको वडा पनि हो। 

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी ठूलो मतान्तरले विजयी भए। उनले एक हजार दुई सय २२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपाका सुरेशबहादुर केसीले हजार एक सय १७ मत मात्र प्राप्त गरे । निर्वाचनमा ३ हजार दुई सय २६ मत खसेको थियो। 

महराका कारणले पनि स्वतन्त्र मतदाता कांग्रेसतिर ढल्किएको अनुमान गरिएको छ । कतिपयले महरालाई नेकपाले अन्याय गरेको ठानेर पनि उनीहरूले नेकपाको विपक्षमा मतदान गरेको ठानेका छन् भने कतिपयले मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर पनि यस्तो मतदान भएको बताएका छन् । 

यसअघिको निर्वाचनमा यस वडामा तत्कालिन नेकपा एमालेका लछिनप्रसाद बुढा बिजयी भएका थिए । उनको निधन भएकाले उपनिर्वाचन भएको हो।

कम्युनिष्टहरूको प्रभाव रहेको यस वडामा दोब्बर मतले कांग्रेस विजयी हुनुलाई धेरैले अनपेक्षित परिणाम भनेका छन् । यस परिणामका लागि महरा प्रकरण जिम्मेवार हुन सक्ने धेरैले अनुमान गरेका छन्।

महराका कारणले पनि स्वतन्त्र मतदाता कांग्रेसतिर ढल्किएको अनुमान गरिएको छ । कतिपयले महरालाई नेकपाले अन्याय गरेको ठानेर पनि उनीहरूले नेकपाको विपक्षमा मतदान गरेको ठानेका छन् भने कतिपयले मुख्यमन्त्रीको कार्यशैलीलाई लिएर पनि यस्तो मतदान भएको बताएका छन् । 

प्रकाशित मिति: : 2019-12-01 10:53:55

प्रतिकृया दिनुहोस्