अल्वानिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

तस्बिरः एजेन्सी

अल्बानियामा मङ्गलबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १३ पुगेको रक्षा मन्त्रालयले दिएको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ।

रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “भूकम्पका कारण मृत्यु हुने नागरिकको सङ्ख्या १३ पुगेको छ।” तर विज्ञप्तिमा यसबारे थप व्याख्या केही गरिएको छैन।

बाल्कन राज्यमा विगत केही दशक यता गएको ६.४ म्याग्निच्युडको भूकम्पलाई निकै शक्तिशाली धक्का भनिएको छ।

पछिल्ला केही दशकमा बाल्कन राज्यहरूमा भूकम्पका कारण यति ठूलो क्षति नभएको स्थानीयवासीले बताएका छन्।

भूकम्पका कारण सयौँ करिब ५०० व्यक्ति घाइते भएका र ठूलो सङ्ख्यामा घरहरू भत्किएका वा चर्किएका बताइएको छ। घटनाबाट भएको क्षतिको विस्तृत विवरण अझै आउन सकेको छैन।

प्रकाशित मिति: : 2019-11-27 08:06:40

प्रतिकृया दिनुहोस्