दाङमा नेकपाकी खत्रीकाे अग्रता कायमै

फाइल तस्बिर: बिएल

शनिबार भएको उपनिर्वाचनअन्तर्गत प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्र नम्बर ३ (ख) को मतगणना जारी छ। प्रारम्भिक मतगणनामा नेकपाकी उम्मेदार विमला कुमारी खत्रीले अग्रता कायमै राखेकी छिन्।

बबई गाउँपालिका १ र तुलसीपुर उपमहानागरपालिका १ वडाको उनी कांग्रेस उम्मेदवार भन्दा ७७२ मतले अघि छिन्। खत्रीले २७ सय ४३ मत प्राप्त गरेकी छिन्। खत्रीलाई नेपाली कांग्रेस उम्मेदवार केशव राज शर्माले पछ्याइरहेका छन्। उनले १९ सय ३३ मत पाएका छन्।

यस्तै राप्रपाका भुपाल रावतले २१,राप्रपा संयुक्तका छोटीलाल थारुले १०, नेकपा मालेका हरि प्रसाद डांगीले ६ मत पाएका छन्।

यस्तै साझा पार्टीका शिव कुमार चौधरीले ७ र नेमकिपाका सुरेश परियारले ३ मत पाएका छन्।

 

प्रकाशित मिति: : 2019-12-01 13:18:01

प्रतिकृया दिनुहोस्