बीएल फलो-अप : हावाहुरीबाट मर्नेको सङ्ख्या ३१ पुग्यो, उपचार गर्न डाक्टर र रगतको कमी

नेपालको मध्यतराईका बारा र पर्सामा आइतबार साँझ वर्षासँगै आएको हावाहुरीबाट ज्यान गुमाउनेको संख्या कम्तिमा ३१ पुगेको छ। मृत्यु हुनेमा बाराका २७ रहेका छन् भने पर्साका ४ जना रहेको २ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिएका छन्।

हावाहुरीबाट घाइते हुनेको संख्या पाँचसय नाघेको छ। घाइतको यो ठुलो संख्यालाई स्थानीय अस्पतालमा रहेको सानो जनशक्तिबाट उपचार गराउँन कठिनाई भैरहेको प्रहरीले जनाएको छ । रगतको कमी भएकाले पनि सहज उपचार भैरहेको छैन। उद्धार कार्य अहिलेपनि जारी छ ।

हावाहुरीका कारण बाराका भलुही, पुरैनिया परसौन, बिजवनियालगायतका गाँउ बढी प्रभावित भएका छन्।

 

प्रकाशित मिति: : 2019-04-01 07:33:11

प्रतिकृया दिनुहोस्