ऐरावती गाउँपालिका १ मा नेकपा र २ मा बागी विजयी

प्रतिकारत्मक तस्बिर

प्युठानको ऐरावती गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा नेकपाका द्रोणकुमार पाण्डे विजयी भएका छन्।

आइतबार अपरान्ह सकिएको मतगणनामा विपक्षी नेपाली कांग्रेसका अमर रेश्मी मगरलाई ९ मतले पछि पार्दै पाण्डे वडाध्यक्ष निर्वाचित भएका हुन्।

पाण्डेले ६८७ मत पाएर जित्दा मगरले ६८७ मत प्राप्त गरेका छन्।

यता ऐरावत २ को वडाध्यक्षमा भने नेकपाका बागी उम्मेदवारले जितेका छन्।

छडी चुनाव चिन्ह लिएर उठेका नेकपामा स्थानीय नेता भीमेशकुमार घर्तीले ८५५ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित हुँदा निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका मोहन विश्वकर्माले ५०४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: : 2019-12-01 16:26:25

प्रतिकृया दिनुहोस्