धरान उमहानगरपालिकामा कांग्रेसकाे ७ सय ७ मतको अग्रता

प्रतिकारत्मक तस्बिर

धरान उमहानगरपालिकाको प्रमुख पदमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।

पछिल्लो मत परिणामअनुसार कांग्रेसका तिलक राईले ११ हजार ८ सय २७ र नेकपाका प्रकाश राईले ११ हजार १ सय २० मत पाएका छन्।

राति ८ बजेसम्मको मतगणना सकिँदा कांग्रेसको मतान्तर ७ सय ७ पुगेको छ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्वुले ५९०, समाजवादीका गजेन्द्रबहादुर लिम्वुले ३९३, स्वतन्त्र उम्मेदवार हर्कराज राईले २२२ र राप्रपाका रोशन विकले ७७ मत ल्याएका छन्।

उपमहानगरपालिकाको वडा नम्वर १२,१४,१५,१६,१७,१८,१९ र २० गरी ८ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर १०, ११ र १३ को मतगणना अहिले जारी छ।

यसअघि धरान उपमहानगरपालिकामा तत्कालिन एमालेका तारा सुब्बा २० हजार ९७५ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला कांग्रेसका तिलक राईको १६ हजार १०२ मत थियो।

उपनिर्वाचनमा ५५ हजार ११ मत खसेकामा २४ हजार ९ सय ५० मतमात्रै गणना भएको छ।

प्रकाशित मिति: : 2019-12-01 20:15:14

प्रतिकृया दिनुहोस्