ट्रम्पको कमाइ घट्दै : २०१८ मा १६ मिलियन डलर कम

ह्वाइट हाउस प्रवेशसँगै ओरालो लाग्दै गयो कमाइको ग्राफ । तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउसमा प्रवेश गरेसँगै उनको कमाइको ग्राफ ओरालो लाग्ने क्रम रोकिएको छैन।हरेक वर्ष उनको कमाइको ग्राफ ओरालो झर्दैछ। यस वर्ष पनि उनले गत वर्षभन्दा १६ मिलियन डलर कम कमाइ गरेका छन्।

राष्ट्रपति ट्रम्पको पछिल्लो आर्थिक प्रतिवेदनअनुसार उनले सन् १९१८ मा चारसय ३४ मिलियन डलर कमाइ गरेका छन्। यो कमाइमा ह्वाइट हाउस नजिकै रहेको ट्रम्प इन्टरनेशनल होटलको ४०.८ मिलियन र फ्लोरिडाको मारालागो रिसोर्टको २२.७ मिलियन डलर समावेश छ। यसअघि सन् २०१७ मा उनले चारसय ५० मिलियन डलर कमाएका थिए।

यो कमाइमा उनले कति ट्याक्स तिरे ? त्यसको हिसाब भने उनले यस वर्ष पनि सार्वजनिक गरेका छैनन्। विगत लामो समयलेदेखि उनी कर दाखिलाको विषयलाई लिएर प्रश्नको घेरामा रहदै आएका छन्। 

यो मुद्दा अहिले ह्वाइट हाउस र हाउस अफ रिप्रजेन्टेन्टिभ्सबीच शीतयुद्धको विषय बन्दै आएको छ। हाउसले प्रतिवेदन मागिरहेको छ तर ह्वाइट हाउस त्यसबाट पन्छिन कानूनीलगायतका अनेक उपायहरू अवलम्वन गरिरहेको छ। 

 

 

प्रकाशित मिति: : 2019-05-17 04:12:52

प्रतिकृया दिनुहोस्