एनआरएन अमेरिकामा मतदान जारी: आठ घण्टा बाँकि हुँदा सातहजार मतदान

एनआरएन अमेरिकाको वर्ष २०१९-२१ को नयाँ नेतृत्वका लागि इलेक्ट्रोनिक मतदान जारी छ। मे १८ शनिबार विहान खुलेको मतदानको आज मे १९ आइतबार दोस्रो तथा अन्तिम दिन हो। अमेरिकी पूर्वीसमयअनुसार आइतबार रमध्यरात ११ बजेर ५९ मिनेटसम्म मतदाताले इलेक्ट्रोनिक मतदान गर्न सक्नेछन्। त्यतिबेला मध्यअमेरिकामा रातको १० बजेर ५९ मिनेट गएको हुने छ भने प्यासिफिक समय लागु हुने पश्चिम तटमा त्यतिबेला ८ बजेर ५९ मिनेट गएको हुने छ। त्यतिबेलासम्म भोटिङ गर्न मिल्नेछ भने त्यसपछि भोटिङ सफ्टवेयर आफैं काम गर्न असक्षम हुने छ।

एनआरएन अमेरिकाको निर्वाचन गराइरहेको समितिका एक सदस्यले भने- 'पूर्वीसमयअनुसार आइतबार ४ बजेसम्म करिव सात हजार मतदान भैसकेको अनुमान गरिएको छ। ठ्याक्कै संख्या भन्न नसकिए पनि यो मतदान उत्साहजनक हो। र, अझै करिव आठघण्टा बाँकि भएकाले लगभग सबै मतदाताले मतदान गर्ने अपेक्षा रहेको छ।'

मतदानको परिणाम सोमबार विहानसम्म आइपुग्ने बताउँदै उनले भने- 'त्यसको औपचारिक घोषणा भने मंगलबार मात्र गरिने छ।'

एनआरएन अमेरिकाको निर्वाचन हुने वा नहुने बारेमा चुनाव हुन केही घण्टा अघिसम्म पनि संशय नै रहेको थियो।त्यस्तो अवस्थाबाट पार भएर यतिका धेरै मतदान हुनुलाई सकारात्मक संकेतका रूपमा लिनुपर्छ, एनआरएन अमेरिकाका एक वर्तमान पदाधिकारीले ब्रेक एन लिंक्सलाई बताए।'

 

 

प्रकाशित मिति: : 2019-05-20 05:45:46

प्रतिकृया दिनुहोस्