बढ्दैछ अमेरिका- चीन ब्यापार युद्ध: चीनद्वारा कालो सूचीमा राख्ने घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनिया राष्ट्रपति शी । व्यापार युद्धको सांकेतिक तस्बिर । फाइल तस्बिर।

चीनको बाणिज्य मन्त्रालयले ‘अविश्वसनीय कम्पनी तथा व्यक्ति’को सूची छिट्टै सार्वजनिक गर्ने घोषणा गरेको छ। अमेरिकी बाणिज्य विभागले चिनियाँ कम्पनी हुवावेलाई अविश्वसनीय कम्पनीका रूपमा राखेको बदलामा यो घोषणा आएको हो। ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा चीनले वृद्धि गरेको कर शनिबारदेखि लागू हुने पूर्वसन्ध्यामा चीनले यस्तो घोषणा गरेको हो।

यो घोषणासँगै अमेरिका-चीन व्यापार विवाद सुल्झिने भन्दा पनि बल्झिने सम्भावना बढेको छ। 

चिनिया विदेश मन्त्रालयका प्रवक्ता केओ फेङका अनुसार चीनले चिनियाँ बजारको नियमलाई पालना नगर्ने विदेशी उद्योग, संगठन तथा व्यक्तिको नामलाई कालोसूचिमा राख्नेछ। त्यस्तो सूचीमा भएका विदेशी उद्योग, संगठन तथा व्यक्तिले चीनमा गतिविधि सञ्चालन गर्न  पाउँने छैनन्।

 

प्रकाशित मिति: : 2019-06-01 04:33:14

प्रतिकृया दिनुहोस्