अमेरिकीलाई क्युबा भ्रमणमा आंशिक प्रतिबन्ध

अब जहाजबाट मात्र ... तस्बिर : एपी

अब अमेरिकी नागरिकले ठुलो समुहमा पानीजहाजबाट क्युबा भ्रमण गर्न नपाउँने भएका छन् । अमेरिकाले अमेरिकी नागरिकको शैक्षिक भ्रमण, क्रुज पानीजहाज र निजी डुङ्गाबाट हुने क्युबा भ्रमणमा प्रतिबन्ध लगाएको हो ।  

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी पर्यटकबाट हुने आम्दानी भेनेजुएलाका राष्ट्रपतिलाई मद्दत गर्ने गरी खर्च गरिएको अनुसन्धानबाट देखिएकोले प्रतिबन्धको निर्णय लिएको बताएको छ। 

 सन् २०१९ को चार महिनामै करिब तीन लाख अमेरिकीले क्युबाको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा यो संख्या झण्डै दोब्बर हो ।

अमेरिकी नागरिकको भ्रमणबाट क्युबाको पर्यटन व्यवसायमा निकै ठूलो टेवा पुग्नेगरेको छ । अमेरिकी प्रतिबन्धबाट क्युबाको अर्थतन्त्रमा निकै असर पार्ने अनुमान गरिएको छ ।

तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको शासनकालमा अमेरिकी पर्यटकलाई क्युबा भ्रमण खुला गरिएको थियो । सन् २०१४ मा गरिएको यस व्यवस्थाबाट आधा शताब्दीदेखि जारी अमेरिकी व्यापार नाकाबन्दी केही खुकुलो भएको थियो ।

यसैबीच,  क्युबा सरकारले अमेरिकी कदमको निन्दा गरेको छ ।

 

प्रकाशित मिति: : 2019-06-06 03:38:11

प्रतिकृया दिनुहोस्