कफीविहीन हुन सक्छ अर्को शताव्दी : अमेरिकी सोध्छन् - यस्तो पनि होला र ?

कफी बिनाको जीवन कसरी सम्भव होला र ? : कफीको चुस्की लिदै एक अमेरिकी युवती । तस्बिर : एजेन्सी ।

अमेरिकामा कफी छैन त केही छैन भनिन्छ । यसको अर्थ थेसिसमा भन्दा अमेरिकी जीवनशैलीमा कफीको अहम भूमिका छ । अझ यो त एन्टी थेसिसको जमाना हो, त्यसले कफी छैन भने के हुनेभन्दा पनि के नहुने भन्ने सूचीचाँहि लामो हुन्छ ।

तर, एउटा अध्ययनले कफीको अस्तित्वमाथि नै प्रश्नचिन्ह खडा गरिदिएर अमेरिकी जीवनशैलीसामु चुनौतिको पहाड सिर्जना गरिदिएको छ ।

पृथ्वीमा बढ्दो हरितगृह प्रभावका कारण तापक्रम बढ्दै जाँदा कफीका कयोै प्रजातिहरू नै अस्तित्वहीन हुने सम्भावना बढेपछि यस्तो अवस्था सिर्जना भएको हो । 

बेलायतमा गरिएको एक अनुसन्धानले सन् २०५० सम्ममा विश्व तापमानमा एक डिग्री औसत तापमान बढ्दा एकतिहाई उत्पादनमा ह्रास आउनसक्ने देखाएको छ । बढ्दो तापमानका कारण कफी उत्पादनका लागि उपयुक्त भूमि आधा घट्ने बताइएको छ । कफी निर्यात गर्ने एउटा प्रमुख देश तान्जानियाको गत पचास वर्षमा आफ्नो उत्पादनमा पचास प्रतिसत ह्रास आइसकेको छ । यो तथ्यले पनि अध्ययनको परिणामलाई पुष्टी गर्न सहयोग पुगेको छ ।

अध्ययनले उत्पादन घट्ने मात्र हैन, सन् २०८० सम्ममा कफीका कतिपय प्रजाति नै एकसाथ लोप हुनसक्ने सम्भावना पनि देखाएको छ । यदि यो क्रम बढ्दै जाने हो भने अर्को शताव्दी कफी बिनाको शताव्दी हुने छ ।

के त्यस्तो सम्भव होला ? 

यस प्रश्नको उत्तरमा एक अध्येताले भनेका छन्- 'असम्भव केही छैन । तर, त्यसपछि अरू नै कुनै विरूवाको कृत्रिम स्वाद बनाएर कफीका रूपमा प्रयोग गर्न सकिन्छ वा कफीको ठाउँ अरू कुनै पेयपदार्थले लिन सक्छ । 

तर, कफीलाई आफ्नो जीवनशैलीको एक अभिन्न अंग बनाएका अमेरिकीहरू भने कफी बिनाको जीवनको कल्पना पनि गर्न नसकिने बताउँछन् । हार्भर्ड विश्वविद्यालयका एक कफी पारखी प्राध्यापक भन्छन्- कफी बिनाको संसार त के होला र ? ७० वर्षीय प्राध्यापकले ठट्यौली गर्दै भने- म अर्को शताव्दी बाँच्ने पनि हैन । त्यसैले म त्यसको चिन्ता पनि गर्दिन । 

प्रकाशित मिति: : 2019-07-22 00:52:29

प्रतिकृया दिनुहोस्