अमेरिकाको क्यालिफोर्नियामा 'मास सुटिङ' : कम्तीमा पनि तीनको मृत्यु , ११ घाइते

अमेरिकाको क्यालिफोर्नियामा 'मास सुटिङ' : ज्यान बचाउन भागदौड गरिरहेका सर्वसाधारण । तस्बिर : सीएनएन

अमेरिकाको पश्चिमतटीय राज्य क्यालिलोर्नियाको गिलरोयमा आयोजित गार्लिक फेस्टिबलमा भएको मास सुटिङमा कम्तीमा पनि तीनजनाको मृत्यु भएको बताइएको छ । स्थानीय प्रहरीलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार   ११ जना घाइते भएका छन् ।

उत्तरी क्यालिफोर्नियाको यो ठूलो फेस्टिबलमा अन्धाधुन्ध गोली चल्न थालेपछि सहभागीहरूको भाडदौड मच्चिएको थियो । 

यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टि्वट गरी सुरक्षाकर्मी घटनास्थलमा पुगेर आवश्यक कारबाहीमा जुटेको बताएका छन् ।

क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसले घटनालाई नजिकबाट नियालिरहेको बताएकी छिन् । 

मास सुटिङ कसले किन गरेको हो ? त्यसबारेमा जाँचबुझ भैरहेको बताइएको छ । 



प्रकाशित मिति: : 2019-07-29 10:40:32

प्रतिकृया दिनुहोस्