बोल्सोनारोद्वारा पार्टी परित्यागको औपचारिक घोषणा, नयाँ दल खोल्ने तयारी

तस्बिरः एजेन्सी

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोले मङ्गलबार ‘सोसल लिबरल पार्टी’ (पीएसएल)बाट औपचारिकरूपमा अलग्गिने घोषणा गरेका छन्।

ब्राजिलको राष्ट्रपति हुन अबसर प्रदान गरेको ‘सोसल लिबरल पार्टी’बाट छुट्टिएर नयाँ राजनीतिक दल खोल्ने तयारी गर्नुभएको उनका निकट स्रोतहरूले बताएका ब्राजिलियाली सञ्चारमाध्यमले जनाएका छन्।

बोल्सोनारो राष्ट्रपतिको उम्मेदवार बन्ने भएपछि उक्त पार्टीमा गत बर्ष जोडिएका थिए। तर उनी र पार्टी अध्यक्ष लुसियानो बिभरबीच केही महिनादेखि तनाब चर्किएको थियो । बोल्सोनारो र बिभरबीचको विवाद बढ्दै गएपछि राष्ट्रपतिले नयाँ दल खोल्ने तयारी गर्नुभएको बताइएको छ।

ब्राजिलियाली राष्ट्रपतिले अलायन्स फर ब्राजिल नामक नयाँ पार्टी खोल्ने अनौपचारिक चर्चा भने यस पहिले नै आएका थिए। तर नयाँ दलको स्थापना भएको घोषणा बिहीबार हुने अपेक्षा गरिएको छ। उक्त दलले आगामी मार्चसम्ममा राष्ट्रिय दलको रूपमा दर्ता प्रक्रियालाई पूरा गर्ने तयारी रहेको बताइएको छ।

बोल्सोनारो अलग्एिपछि उक्त दलले एक भेला गरी बिभरलाई दलको सम्पूर्ण राजनीतिक नेतृत्व लिनेगरी जिम्मेवारी तोकेको छ।

 

प्रकाशित मिति: : 2019-11-21 07:57:45

प्रतिकृया दिनुहोस्