अमेरिकी पूर्व राष्ट्रपति कार्टर अस्पताल भर्ना

तस्बिरः एजेन्सी

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर पिसाब नलीमा आएको समस्याका कारण उपचारका लागि अस्पताल भर्ना भएका छन्।

उनलाई जर्जिया राज्यको फोब मेडिकल सेन्टरमा उपचारका लागि भर्ना गरिएको हो। उनी हाल ९५ वर्षका भएका छन्।

अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र निरन्तर सुधारोन्मुख रहेको छ। उनी केही दिनमै अस्पतालबाट डिस्चार्ज हुने पनि अस्पतालले जनाएको छ। गत नोभेम्बरमा पनि कार्टरको मस्तिष्क श्राव भएको भन्दै शल्यक्रिया गरिएको थियो।

उनी अमेरिकाका ३९औं राष्ट्रपति थिए । उनको कार्यकालमा ४० वर्षअघि अमेरिका र चीनबीचको कुटनीतिक सम्बन्ध सुधार भएको थियो।(रासस)

प्रकाशित मिति: : 2019-12-03 14:37:45

प्रतिकृया दिनुहोस्