पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड सोमबार अमेरिका आउँदै

फोटो: गुगल

नेकपा अध्यक्ष प्रचण्ड सोमवार पत्नी सीता दाहालको उपचारका लागि अमेरिका आउँन लागेका छन्। उनी नेपाली समयअनुसार आइतबार साँझ ५ बजे अमेरिका उड्नेछन् । प्रचण्ड  र सीतासँग छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका आउँदैछन्।

भारत र सिंगापुरमा गरिएको उपचारबाट सुधार आउन नसकेपछि उनको उपचार बाल्टिमोरस्थित जोन हप्किन्स अस्पतालमा गराउँन लागिएको हो। प्रचण्ड पत्नी सीता लामो समयदेखि मानसिक चिन्तालगायतका स्वास्थ्य समस्याबाट ग्रस्त छिन्।

यसअघि पत्नीको उपचारका लागि प्रचण्ड दुईचोटि अमेरिका आउँन खोजे पनि आउँन सकेका थिएनन्। पहिलोपटक डाक्टरहरुको समय नमिलेका कारण आउँन पाएनन् भने दोश्रोपटक भेनेजुएला काण्डमा आफ्नै वक्तव्यका कारण अमेरिकासँगको सम्वन्ध चिसिएपछि उनको भ्रमण नै संशयमा पर्यो।

अमेरिकी राजदूत बेरी प्रचण्ड निबास खुमलटार पुगेर अमेरिका भ्रमणको लागि आबश्यक मार्गप्रशस्त गरिदिने वचन दिएका थिए। त्यसपछि सम्बन्धमा आएको सुधारले प्रचण्ड ढुक्कसँग श्रीमतीको उपचारका लागि अमेरिका आउँन लागेका हुन् ।

छोरा प्रकाशको आकस्मिक निधन भएपछि सीता थप डिप्रेसनको सिकार भएकी छिन् चिकित्सकहरूका उनलाई पार्किन्सन नामक रोगले पनि च्यापेको छ। 

प्रचण्डको यो व्यक्तिगत भ्रमण १० दिनको हुने बताइएको छ। 

प्रकाशित मिति: : 2019-03-17 01:45:37

प्रतिकृया दिनुहोस्