सुडानमा सेनाले चलाएको गोली लागि साठीभन्दा बढी सर्वसाधारणको मृत्यु

Agency

सुडानको सत्तारूढ सैनिक परिषद्को आदेशमा सेनाले राजधानी खार्तुमस्थित सैनिक मुख्यालयबाहिर चलाएको गोली लागि ६० भन्दा बढी नागरिक मारिएका छन्।

परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भंग गरी ९ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा पनि गरेको छ ।

सुडानका सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनबाट राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराइने बताए ।

तर, सैनिक कारबाही र चुनावको घोषणा गरिए पनि राजधानी खार्तुममा प्रदर्शन रोकिएका छैनन् ।

विगत ३० वर्षदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेको सेनाले सैनिक परिषद् गठन गरी तीन वर्षभित्र नागरिकलाई सत्ता सुम्पन सहमति जनाएको थियो। तर, नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले एकाएक हस्तक्षेप गरेको हो ।

धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको हो ।

प्रकाशित मिति: : 2019-06-06 15:20:22

प्रतिकृया दिनुहोस्