लेबनानको घाटा बजेटमा उल्लेख्य कमी

तस्बिरः एजेन्सी

बेरूत, लेबनान। लेबनानको बजेट घाटा सन् २०१९ को पहिलो चार महीनामा उल्लेख्य कमी आएको यहाँको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले शुक्रबार उपलब्ध गराएको तथ्याङ्कअनुसार बजेट घाटा २७ दशमलव ८९ प्रतिशतले घटेको देखिएको छ ।

बजेट घाटामा देखिएको कमीका लागि खर्चमा आएको १५ दशमलव ४५ को कमी र राजश्वमा देखिएको ९.२ प्रतिशतको कमी जिम्मेवार रहेको बताइएको छ । बाइव्लस बैंकका अनुसन्धान विभागका प्रमुख नासिब घोब्रिलले सिन्ह्वालाई दिएको जानकारीअनुसार अर्थमन्त्रीले कर्मचारीको तलबलगायत आधारभूत आवश्यकता जस्ता शीर्षकमा नै गरेको नियन्त्रणका कारण खर्चमा कमी भएको र यसका कारण बजेट घाटालाई कमी गर्न सकिएको बताए।

सरकारको बजेट घाटा नियन्त्रण गर्ने नीतिले राजश्व सङ्कलनमा पनि कमी आएको र भन्सार, भ्याट, टेलिकमको राजश्वलाई क्रमशः ६ दशमलव ३, १४ र १६ दशमलव ७ प्रतिशतमा झारिएका कारण पनि बजेट घाटामा कमी देखिएको हो ।

पहिलो चौमासिकमा बजेट घाटा न्यून बन्नु राम्रो खबर भएको र यसले वर्षको अन्त्यसम्म पनि निरन्तरता पाउने घोब्रिलले बताउनुभयो । लेबनानी संसद्ले सन् २०१९ को बजेटले घाटा बजेटलाई ११ दशमलव ४ प्रतिशतबाट ७ दशमलव ५९ प्रतिशतमा झार्ने प्रतिबद्धतासहित शुक्रबार नै मतदान गर्नेछ ।

मतदानले अर्थमन्त्रालयद्वारा गरेको घाटा बजेट घटाउने निर्णयलाई अनुमोदन गर्ने र लेबनानमा देखिएको आर्थिक सङ्कटलाई आर्थिक सुधारका कार्यक्रममार्फत घटाउन ‘सेडार’ सम्मेलनले दिएको सुझावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: : 2019-07-19 23:29:39

प्रतिकृया दिनुहोस्