११ लडाकु मारेको बदलामा मलामी गएका ६५ जनालाई गोलीहानी हत्या

तस्बिरः एपी

नाइजेरिया । दुई साताअघि स्थानीयद्धारा आफ्ना ११ लडाकु मारेको बदालामा नाईजेरियामा बोको हरामले मलामी गएका ६५ जनाको हत्या गरेको छ।

नाईजेरियाको बोनी प्रान्तमा एउटा ब्याक्तिको मलामी गएको बेला शनिबार कोबोहरामले आक्रमण गरेको हो।

दाहासंस्कार भईरहेका बेला गाडीमा आएका बोकोहरामका लडाकुले स्थानीयमाथी अन्धाधुन्द गोली प्रहार गरेको सरकारी अधिकारीले बताएका छन्।

उक्त क्षेत्रमा इस्लामवादी लडाकुहरूले केही समययता हिंसात्मक घटना बढाएको सरकारी अधिकारीको दाबी छ।

दुई साताअघि स्थानीय बासिन्दाहरूद्वारा ११ जना बोकोहरामका लडाकुको हत्या गरेका थिए, त्यही बदला लिन बोको हरामले स्थानीयको हत्या गरेको सरकारी अधिकारीको दाबी छ।

नाईजेरियामा एक दशक लामो द्वन्द्वका कारण दशौं हजार मानिस मारिएका छन्, भने २० लाखभन्दा बढी विस्थापित भएका छन्।

सरकारलाई विस्थापित गरेर आफ्नै राज्य बनाउने उद्देश्यले बोको हराम नाइजेरियामा मात्र सक्रिय हुदै आएको छ।

बीबीसीका अनुसार बोको हराम छिमेकी चाड, निजर र क्यामरुनमा पनि सक्रिय छ।

बोको हरामको शाब्दिक अर्थ पश्चिमी शिक्षामा प्रतिबन्ध हुन्छ।

उक्त समूह पश्चिमी शिक्षामा प्रतिबन्ध लगाउने र पश्चिमी शिक्षा र सभ्यतासँग नजोडिएको छुट्टै खाले इस्लामिक अभ्याससहितको राज्य बनाउन चाहन्छ।

बोकोहराम विद्यालयमा अध्ययनरत बालबालिकाको अपहरणका लागि कुख्यात छ।

बोर्ना प्रान्तकै चिबोक सहरबाट सन २०१४ मा झन्डै तीन छात्राहरूको अपहरण गरेपछि बोको हरामको संसारभरिका सञ्चारमाध्यमा चर्चा सुरु भएको थियो।

इन्टिट्युट फर इकोनोमिक्स एन्ड पीसले सन २०१५ मा बोको हरामलाई  विश्वकै घातक आतङ्ककारी समूहका रूपमा राखेको थियो।

प्रकाशित मिति: : 2019-07-29 10:27:35

प्रतिकृया दिनुहोस्