गाजामा भएको युद्ध रोक्ने संयुक्त राष्ट्रसंघको प्रयास

तस्बिरः एजेन्सी

इजिप्ट र संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रभरी फैलिएको हिंसा, प्यालेस्टाइन र इजरायलबीचमा जारी द्वन्द्वलाई रोक्ने प्रयास जारी राखेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ।

युद्धको परिस्थिति अति नै खतरा भएको, इजिप्ट र संयुक्त राष्ट्रसंघले हिंसा बढ्न नदिन कडा मेहनत गरेको मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रका विशेष संयोजक निकोलाए म्लाडेनोभलाई उद्धृत राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ताले जानकारी दिएका छन्।

आगामी घण्टा र दिनहरु अत्यन्त चुनौतिपूर्ण हुने र रक्तपात रोक्नको लागि सबैले अधिकतम संयम देखाउनु पर्ने म्लाडेनोभले बताए। मध्यपूर्वलाई अधिक युद्धको आवश्यकता नभएको पनि उनले बताएका छन्।

गत मंगलबार पूर्वी गाजातर्फबाट इजरायलमा झन्डै १ सय ९० वटा रकेट प्रहार गरिएको थियो। इजरायलले इस्लामिक जिहादका वरिष्ठ कमाण्डर बाहा अबू अल आत्ताको घरमा आक्रमण गरी मारेपछि गाजातर्फबाट रकेट आक्रमण भएको थियो।

इजरायलले सन् १९४८ मा प्यालेस्टाइनको क्षेत्र कब्जा गरेयता करिब ७० वर्ष अघिबाट नै प्यालेस्टाइन द्वन्द्व शुरु भएको हो।

प्रकाशित मिति: : 2019-11-15 18:11:44

प्रतिकृया दिनुहोस्