केन्यामा यात्रुबाहक बस ठोक्कियो, ७ जनाको मृत्यु, ६३ जना घाइते

तस्बिरः एजेन्सी

केन्यामा भएको सवारी दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु ६३ जना घाइते भएका छन्।

दुई वटा यात्रुबहाक बस नैरोबी—मोम्बासा राजमार्गमा एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरी अधिकारीले बिहीबार जनाएका छन्।

क्षेत्रीय प्रहरी प्रमुख जोसेफ ओले नापेइयानले दिएको जानकारीअनुसार सालामा नजिकै भएको दुर्घटनामा परेका दुवै बस मोड्रन कस्ट यातायात कम्पनीका थिए।

त्यही कम्पनीको एउटा बस टहमिड यातायात कम्पनीको बससँग एक दिन अगाडि त्यही ठाउँमा जुधेको पनि प्रहरी अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार राति २ बजेतिर दुर्घटना भएको र घटनाका बारेमा अनुसन्धान शुरु गरिसकिएको उनले बताए।

केन्यामा सवारी दुर्घटना धेरै हुने गरेको छ भने वार्षिक तीन हजार जनाको सवारी दुर्घटनाकै कारण मृत्यु हुनेगरेको तथ्याङ्क छ।

प्रकाशित मिति: : 2019-12-12 23:46:49

प्रतिकृया दिनुहोस्