सत्तापक्ष प्रतिपक्षमा पनि पुग्न सक्छः सामान्यमन्त्री त्रिपाठी

फाइल तस्बिर: बिएल

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले कानुन निर्माण गर्ने बेला सत्ता पक्ष र प्रतिपक्ष भएर नगर्न आग्रह गरेका छन्।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सोमबार राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले सत्तापक्ष कुनैबेला प्रतिपक्षमा पनि पुग्न सक्ने र प्रतिपक्षपनि कुनैबेला सत्तापक्ष बन्ने भएकाले दीर्घकालीन कानुन निर्माण गर्नुपर्ने बताएका हुन्।

समितिमा स्थानीय तहमा एक तहबाट अर्को तहमा सरुवा गर्ने की नगर्ने भन्ने विषयमा छलफल भएको थियो। सत्तारुढ दलका सांसदहरु कर्मचारीको सहमति नलिई आवश्यकताको आधारमा सरुवा गर्नुपर्ने पक्षमा छन् भने प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले कर्मचारीको सरुवा सहमतिमा हुनुपर्ने बताउँदै आएका छन्। मन्त्री त्रिपाठीले स्थानीय तहका कर्मचारीको सरुवा एउटा तहबाट अर्को तहमा हुनुपर्ने बताए।

यस्तै मन्त्री त्रिपाठीले विधेयकमा आफ्ना अनुभवहरु पनि नराख्न आग्रह गर्दै विधेयक दीर्घकालीन हुनुपर्ने बताए। उनले कानुन निर्माण गर्दा दीर्घकालीनसम्म हुने किसिमको बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: : 2019-12-09 16:11:10

प्रतिकृया दिनुहोस्