पाट कमिन्स बने आइपिएलकै महंगा विदेशी खेलाडी

आइपिएल अक्सनमा अस्ट्रेलियाका तिब्रगतिका बलर पाट कमिन्सले नयाँ किर्तिमान बनाएका छन् । अहिले जारी अक्सनमा कमिन्सलाई कोलकोता नाइट राइडर्सले १५ करोड ५० लाखमा किनेसँगै आइपिएलको इतिहासमा कमिन्स अहिलेसम्मकै महँगो विदेशी खेलाडी बनेका छन् ।

२ करोड न्युनतम मुल्य रहेका कमिन्सलाई किन्न रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिष्पर्धा भइरहेका बेला कोलकोताले अन्त्यमा प्रतिष्पर्धामा आएर कमिन्सलाई कीर्तिमानी रकममा किनेको हो ।

आजै भएको अक्सनमा अस्ट्रेलियाका अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेललाई १० करोड ७५ लाखमा किंग्स इलेवेन पंजावले किनेको छ । अहिले भारतको कोलकोतामा जारी अक्सनमा म्याक्सवेललाई किन्न उनकै पुर्वक्लब दिल्ली क्यापिटल र पंजाववीच कडा प्रतिस्पर्धा भएको थियो । म्याक्सवेलको न्युनतम मुल्य २ करोड रहेको थियो ।

त्यस्तै अहिले जारी अक्सनमा अस्ट्रेलियाका क्रिस लीनलाई मुम्बई इण्डियन्सले २ करोडमा, इङल्याण्डका कप्तान इयोन मोर्गनलाई कोलकोता नाइट राइडर्सले ५ करोड २५ लाखमा, भारतका रोबिन उथप्पालाई राजस्थान रोयल्सले ३ करोडमा, इङल्याण्डका जासन रोयलाई दिल्ली क्यापिटल्सले एक करोड ५० लाखमा, अस्ट्रेलियाका कप्तान एरोन फिन्चलाई रोयल च्यालेन्जर्स बैंगलोरले ४ करोड ४० लाखमा र इङल्याण्डका क्रिस वोक्सलाई दिल्ली क्यापिटल्सले एक करोड ५० लाखमा किनेको छ । त्यस्तै इङल्याण्डका साम कुरानलाई चेन्नई सुपरकिंग ले ५ करोड ५० लाखमा किनेको छ । 

प्रकाशित मिति: : 2019-12-20 22:14:12

प्रतिकृया दिनुहोस्