ए डिभिजन लिग: संकटाकाे पहिलो जित

एनआरटीको पहिलो हार

बिएल संवाददाता

काठमाडाै‌ं,पुस ५

संकटा क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ।

शनिबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो जित निकालेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई जित दिलाउन दिपेश आले मगरले निर्णायक गोल गरे । खेलको नवौं मिनेटमा दिपेशले गोल गरेका थिए।

जितसँगै संकटाले २ खेलमा ३ अंक जोडेको छ। संकटा पहिलो खेलमा च्यासलसँग २–० ले पराजित भएको थियो। एनआरटीको यो पहिलो हार हो। पहिलो खेलमा एनआरटीले सरस्वती युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको थियो।

प्रकाशित मिति: : 2019-12-22 07:13:02

प्रतिकृया दिनुहोस्