'सबै मिलेर महिला हिंसा अन्त्य गर्न तत्पर हुनुपर्छ'

फाइल तस्बिर: बिएल

नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा महिला हिंसा बढको भन्दै सवै मिलेर महिला हिंसा अन्त्य गर्न तत्पर हुनुपर्ने बताएका छन्।

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको महिला विरुद्धको हिंसा विषयक विचार गोष्ठीको उद्घाटन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।

उनले महिलामाथि हुने हिंसामा संलग्नलाई दिईने दण्ड कडा बनाउनुपर्ने जिकिर गरे। त्यस्तै सभापति देउवाले हिंसालाइ न्युनिकरण गर्न जनचेतनाको कमी हुन नदिने गरि अभियान चलाउनुपर्ने जिकिर गरे ।

कार्यक्रममा महिला नेतृहरुले मुलुकमा महिला हिंसा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2019-12-10 22:30:21

प्रतिकृया दिनुहोस्