वेष्ट इण्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज भारतकाे कब्जामा

कप्तान विराट कोहलीकाे शानदार प्रर्दशन

 कप्तान विराट कोहलीकाे शानदार प्रर्दशनमा वेष्ट इण्डिजविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज भारतले जितेको छ।

आइतबार अन्तिम तथा तेस्रो एकदिवसीयमा वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो।
वेष्ट इण्डिजले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य भारतले ४८ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो।

भारतको जितमा कप्तान विराट कोहलीले सर्वाधिक ८५ रनको योगदान दिए। विराटले ८१ बलमा ९ चौका प्रहार गरेका थिए।ओपनर रोहित शर्माले ६३ बलमा ८ चौका र १ छक्का सहित ६३ रन जोडे।  त्यस्तै अर्का ओपनर लोकेश राहुलले ७७ रनको उत्कृष्ट इनिङ खेले। लोकेशले ८९ बलमा ८ चौका र १ छक्का प्रहार गरे।

रोहित र लोकेशले २१.२ ओभरमा १ सय २२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिएका थिए। श्रेयस ऐर र ऋषभ पन्त समान ७ रनमा आउट भए। रविन्द्र जडेजा ३९ रनमा अविजित रहे। शार्दुल ठाकुर १७ रन जोड्दै जित पक्का गरे।

वेस्ट इन्डिजका लागि किमो पलले ९.४ ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए। अज्जारी जोसेप, जेसन होल्डर र शेल्डन कट्रेलले १–१ विकेट लिए।

यसअघि  कटकस्थित बरबती स्टेडियममा टस हारेर ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय १५ रन जोडेको थियो। 

वेष्ट इण्डिजका लागि निकोलस पुरनले ८९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केइरन पोलार्डले अविजित ७४ रन बनाए। पुरनले ६४ बलमा ८९ रनको आक्रामक इनिङ खेले। उनले १० चौका र ३ छक्का प्रहार गरेका थिए। कप्तान पोलार्डले ५१ बलमा नटआउट ७४ रन जोड्ने क्रममा ३ चौका ७ छक्का प्रहार गरे।

यस्तै ओपनर एभिन लेविसले २१, शाइ होपले ४२ रन,रोस्टन चेजले ३७ रनकाे याेगदान दिए। 

 यता जेसन होल्डर ७ रनमा नटआउट रहे।

भारतका लागि सैनीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहमद शामी र रविन्द्र जडेजाले १-१ विकेट हात पारे।

 पहिलो खेलमा वेस्ट इन्डिजले भारतलाई ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने भारत १ सय ७ रनले विजयी भएको छ। भारतले तीन टि ट्वान्टी सिरिज पनि २-१ ले जितेको थियो।

प्रकाशित मिति: : 2019-12-23 10:48:33

प्रतिकृया दिनुहोस्