रोहितले २२ वर्ष पुरानो जयसूर्याकाे किर्तिमानलाई तोडे

भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्माले नयाँ किर्तिमान बनाएका छन्। वेस्ट इन्डिजविरुद्ध आइतबार कटकमा खेलिएको एकदिवसीय खेलमा ओपनरको रुपमा शर्माले नयाँ किर्तिमान बनाएका हुन्।

रोहितले एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै रन बनाउने ओपनर बनेका हुन्।रोहितले यस पारीमा आफ्नो करियरको ४३ औँ अर्धशतक पनि पूरा गरे।

रोहितले यो वर्ष ओपनरका रुपमा २ हजार ४ सय ४२ रन बनाउन सफल भएका छन्। उनले पाँच टेस्टमा ९३.६६ को औसतले ५५६ रन बनाए। यस दौरानल उनले तीन पटक शतकीय पारी खेलेका थिए।

त्यस्तै, टी–२० मा रोहितले १४ खेलमा ३ सय ९६ रन बनाए। यस क्रममा उनले चार अर्धशतक बनाए।

रोहितले कटकमा ६३ रन बनाउन सफल भए। उनले लोकेश राहुलसँग पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे।

योसँगै रोहितले श्रीलङ्काका पूर्वकप्तान सनथ जयसूर्याले २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका छन्। सन् १९९७ मा जयसूर्याले ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए।

तर, यस वर्ष रोहितलाई उछिन्दै विराट कोहली सबैभन्दा बढी रन बनाउने खेलाडी बनेका छन्। रोहितले २ हजार ४ सय ४२ रन बनाउँदा कोहलीले २ हजार ४ सय ५५ रन बनाए।

एकदिवसीयमा भने रोहित अगाडि रहेका छन्। रोहितले १ हजार ४९० रन बनाउँदा कोहलीले १ हजार ३७७ रन बनाएका छन्।

प्रकाशित मिति: : 2019-12-23 20:32:30

प्रतिकृया दिनुहोस्